जाडोबाट जोगाउने सीजीका नयाँ लुक्स र फिचरसहितका इलेक्ट्रोनिक प्रडक्ट बजारमा

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र नम्बर १ ब्राण्ड सीजीले जाडो मौसमलाई लक्षित गरी नयाँ अपग्रेडेड प्रोडक्टहरू बजारमा ल्याएको छ । सीजीले जाडो मौसममा चिसोबाट बच्नको लागि विभिन्न मोडेलको प्रडक्टहरू बजारमा ल्याएको हो ।

हरेक वर्ष झै यस वर्षपनि जाडो मौसमलाई लक्षित गरी सीजीले विभिन्न इलेक्ट्रोनिक नयाँ मोडल र थप फिचरसहितको सामान बजारमा ल्याएको सीजी इलेक्ट्रोनिक्सका ब्राण्ड म्यानेजर दिवाकर नगरकोटीले बताए । सीजीले स्वदेशमा उत्पादित यी प्रडक्टहरू गुणस्तरीय हुनाका साथै भरपर्दो र हेर्दा समेत आकर्षक देखिने उनले बताए ।

सीजीले जाडोलाई लक्षित गरि पानी तताउने जग तथा केटलदेखि तोतापानी राख्न वाटर बोटल, थर्मश, सीजी रुम हिटर, ग्यास हिटर, इलेक्ट्रिक तथा ग्यास गिजर, माइक्रोओभन, सीजी वाटर डिस्पेन्सरका साथै विभिन्न मोडेलका आइरन तथा वासिङ मेशिन पनि बिक्रीमा ल्याएको छ ।

‘सीजीले यस वर्षको जाडोलाई लक्षित गरी ल्याएका यी प्रडक्टहरू थप फिचर र नयाँ लुक्ससहित आएका छन्,’ उनले भने ‘नेपालको नम्बर १ ब्राण्ड सीजीका हरेक सामान उच्च गुणस्तरको हुनाका साथै भरपर्दो र विश्वासनीय छ ।’ कतिपय प्रडक्टहरू पुराना भएपनि यी सामान नयाँ लुक्सका साथै धेरै फिचरहरू थपिएर आएका छन् उनको भनाइ छ ।

सीजीले घर होस् या अफिस कुनै पनि स्थान र समयमा जाडोबाट बच्नको लागि पानी तातो बनाउन इलेक्ट्रिक केटल तथा जग, तताएको पानी लामो समयसम्म तातो राख्नको ५ सय एमएलदेखि १८ सय एमएलका वाटर बोटल तथा थमर्श ल्याएको छ । पानी तातो बनाइराख्न २.० लिटर देखि ३.२ लिटरसम्मको क्षमता भएको प्लास्टिक तथा स्टीलका थर्मस उपलब्ध छन् । जति खेरा पनि आफ्नो इच्छा अनुसारको तातो पानी पिउनका लागि विभिन्न डिजाइनका डेस्कटप तथा स्ट्यान्डिङ डिस्पेन्सर उपलब्ध गराएको छ ।

वाटर डिस्पेन्सर, जाडोमा कोठा तातो बनाउन विभिन्न मोडेलका हिटर ल्याएको छ भने खाना तातो बनाउन माइक्रोओभन, ल्याएको छ । लुगा धुनको लागि वासिङ मेशिन तथा ड्राई तथा स्टीम आइरन पनि ल्याएको छ । चिसो पानीले नुहाउने टेन्सनबाट मुक्त हुनका इलेक्ट्रोनिक तथा ग्यास गिजर ल्याएको छ ।

सीजीका सामान किन्दा ग्राहकलाई अर्को फाइदा पनि छ,’ उनले भने ‘हाम्रा देश भर सेवा तथा सर्भिस सेन्टरहरू छन् ।’ कुनै सामानमा कुनै खराबी आयो भने सहजै त्यसको मर्मत गर्न सकिन्छ । त्यहि भएर नै आम ग्राहकले सीजीको सामान ढुक्कसँग किन्न सक्नु हुन्छ, यो हाम्रो गुडविल पनि हो,’ उनले थपे ‘यसले ग्राहक र हामी सबैलाई सहज जीवनयापनाको नयाँ अध्याय सिकाएको छ ।’

हामीले चाहेको मोडेलअनुसार सामान विश्वासका साथ पाइने भएकाले आम ग्राहकले सीजीलाई मन पराएको उनले बताए । हाम्रो उपस्थिति बजारमा राम्रो छ उनले भने ‘यहि विश्वासका साथ हामी नम्बर १ ब्राण्ड सफल भएका हौं । सिजीले सर्वसाधारणसँग न्यानो सम्बन्ध जोडि राख्न जाडोमा जीवन सरल र सहज बनाउन घरायसी सामानहरु बजारमा ल्याएको कम्पनीले बताएको छ ।

सिजीले प्रस्तुत गरेका घरायसी सामाग्रीहरु गुणस्तरीय, भरपर्दो र समय तथा वातावरण अनुकुल रहेको कम्पनीले जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स