काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख १५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १४ सय ५ रूपैयाँ कायम भएको छ ।