‘विश्वकपलाई लक्षित गरी टेलिभिजन खरिदमा ३५ प्रतिशतसम्म ‘क्यास ब्याक’ अफर ल्याएका छौंं’

सीजी इलेक्ट्रोनिक्स् बजारमा स्थापित नाम हो । यो कम्पनीले बजारमा विभिन्न स्वदेशी इलेक्ट्रोनिक प्रडक्टहरू बिक्री तथा वितरण गर्दै आएको छ । यसले जाडोका लागि नयाँ विशेष प्रडक्ट ल्याएको छ भने विश्वकप फूटबलका लागि टेलिभिजनहरूको खरिदमा ३५ प्रतिशतसम्म ‘क्यास ब्याक’ अफर ल्व्याएको छ । सीजीले जाडो मौसम र विशेष गरी विश्वकपका लागि ल्याएको विशेष छुट र अफरका सम्बन्धमा सीजी इलेक्ट्रोनिक्स्का ब्राण्ड म्यानेजर दिवाकर नगरकोटीसँग हाम्रोअर्थले गरेको कुराकानीको सारः

विश्वकप फूटबल २०२२ का लागि सीजी इलेक्टोनिकले विशेष अफरका साथ टेलिभिजन बिक्री वितरण गर्दे आएको छ । विशेष गरी विश्वकपलाई लक्षित गरी टेलिभिजन खरिद गर्ने ग्राहकका लागि कस्ता कस्ता अफर ल्याउनु भएको छ ?

विश्वकप फुटबलको लागि विशेष गरेर माथिल्लो रेन्चको ठूला इन्च टीभीहरू बिक्री हुन्छ । साना इन्चको टीभी कमै बिक्री हुन्छ । अहिले भनेको ४३, ५०, ५५, ६५, ७५ इन्चका टीभीहरू बिक्री हुने समय हो । टेलिभिजनको रेन्च अनुसार हामीले ‘क्यास ब्याक’ अफर ल्याएका छौं ।

कतारमा भइरहेको विश्वकप २०२२ लाई लक्षित गरी सीजीले ३५ प्रतिशतसम्म क्यास ब्याक अफर ल्याएको छ । टीभीको मोडल र इन्च अनुसार न्यूनतम १२/१५ प्रतिशतदेखि ३५ प्रतिशतसम्म क्यास ब्याक अफर ल्याएको हो । टीभी पिच्छे अफर फरक फरक छन् । त्यहि अनुसार ग्राहकले छुट पाउनु हुनेछ ।

ग्राहकले कहिलेसम्म यो छुट पाउँछन् ?
विश्वकप सुरु हुुनुभन्दा १५ दिन अघि हामीले यो अफर सञ्चालनमा ल्याएका हौ । पुस १५ गतेसम्म सीजीको टीभी किन्ने ग्राहकले यो योजना अन्तर्गतको अफर वा स्कीम प्राप्त गर्न सक्नु हुनेछ ।

स्कीम योजना लागू भएपछि टीभी खरिदमा ग्राहकहरूको आकर्षण कस्तो देखिएको छ ?
यो अवधिमा ग्राहकहरूले नगद उपहार पाउने भएका कारणले होला हाई रेन्चको टीभीहरू खरिद गर्नु भएको छ । टीभी बिक्रीमा सम्बन्धमा हामीले फिल्ड ब्याक पनि लिने गरेका छौं । हाम्रा डिलरहरूसँग पनि बिक्रीका सम्बन्धलाई लिएर हामीले नियमित जानकारी लिने गछौं ।

उहाँहरूको रिपोर्टिङ अनुसार हाल ५० इन्चभन्दा माथिका टेलिभिजनहरू बिक्री भइरहेका छन् । अझै अफर बाँकी भएकोले अहिले नै यति उति वा यति मूल्यको यति इन्चको यति वटा टेलिभिजन बिक्री गरौं भनेर भन्न सक्ने अवस्था भने छैन ।

विश्व बजारमा इलेक्ट्रिक सामानको मूल्य वृद्धि भइरहेको छ । टीभीको मूल्य पनि सोही अनुपातमा वृद्धि भएको छ कि छैन ?

वर्ल्डकपका लागि भनेर टीभीको रेट बढ्ने भने बढ्दैन । वर्ल्डकप आइरहन्न्छ र जान्छ पनि । यो रेगुलर प्रोसेस हो । वर्ल्डकप वा दशैं तिहार लाग्ने वित्तिकै टीभीको मूल्य बढ्ने भन्ने हुँदैन, र हाम्रो जस्तो स्थापित ब्राण्डको अझ यस्तो हुँदै हुँदैन । कुनै बेला बढ्ने वा कुनैमा घट्ने भन्ने हुँदैन । सधै एकै नास भइरहन्छ ।

स्कीम लागेका बेलामा पनि साधारण समयमा भन्दा अझ सस्तोमा टेलिभिजन पाउन सकिन्छ । स्कीम लगाउँदा मूल्य बढाउने भन्ने हुँदैन । बरु अझ स्कीम लागेको बेलामा अन्य सामान्य समयमा भन्दा कम मूल्यमा टेलिभिजन वा अन्य कुनै पनि सामान पाउन सकिन्छ ।

अहिले विश्व बजार महँगीको चपेटामा परेको छ । टीभीको मूल्य बढेको छ कि छैन ?
छैन, वर्ल्डकपका लागि भनेर मूल्य बढेको छैन । पहिला जति मूल्यमा ग्राहकले टेलिभिजन पाउनु हुन्थ्यो, अहिले पनि त्यहि मूल्यमा त्यहि सामान पाउनु हुन्छ । अझ भन्नु पर्दा अहिले स्कीमका कारण अझ कम मूल्यमा ग्राहकले टेलिभिजन पाउन सक्नुहुन्छ, पुरानै मूल्यमा अझ डिस्काउन पाउनु हुन्छ ग्राहकले ।

यसरी विभिन्न स्कीममार्फत बजारमा प्रडक्ट ल्याउँदा मूल्यको व्यवस्थापन कसरी गरिन्छ ?
यहाँ विभिन्न डिपार्ट छ । आफ्नो विभाग जिम्मेवारी अनुसार काम गर्ने हो । प्राइसिङ हेर्ने वा गर्ने पनि छुट्टै डिपार्ट छ । प्रडक्टको छुट्टै हुन्छ । कस्तो टीभी ल्याउने, कुन रन्चको वा कति मूल्य पर्ने टेलिभिजन ल्याउने भन्ने कुरा सेल्सले हेर्ने गर्छ । बजार रिसर्च गर्ने छुट्टै टिम छ । मार्केट ट्रेन अनुसार यो मोडेलको यो खालको टीभी ल्याउने भनेर उहाँहरूको सल्लाह बमोजिम टीभी ल्याउने गरिन्छ ।

मार्केट रिसर्चको गर्ने मोडेल के हो ?
रिर्सच प्रडक्ट अनुसार छुट्टा छुट्टै प्रकृतिको हुन्छ । हामीले गर्ने रिसर्च भनेको बजारको डिमाण्ड र सेल्सका लागि गर्ने रिसर्च हो । बजारमा कुन प्रडक्टको डिमाण्ड कति छ, कस्ता कस्ता प्रडक्ट बजारले रुचाएका छन् । कुन प्रडक्ट ल्याउने, कुन मोडेल र कति रेन्चसम्मको अथवा के के फिचर्स थपेर ल्याउने भनी मार्केटिकको रिसर्च गर्ने गर्दछ ।

जाडो मौसम आइसकेको छ, यो समयलाई टार्गेट गरेर पनि विभिन्न स्कीमहरू ल्याउने गरिन्छ । जाडोका लागि तपाईहरूले पनि विभिन्न नयाँ प्रडक्ट ल्याउनु भएको छ । ती सामानमा कुनै छुट वा स्कीम छ ?

जाडो मौसमका लागि विशेष गरेर हामीले साना साना प्रडक्ट जस्तै, हिटर, थर्मस, गिजरजस्ता प्रडक्ट ल्याउने गरेका छौं । साना प्रडक्ट भएको हामीले अफरहरू राखेका छैनौं । डिस्काउन त भइनै हाल्छ । हामीले यो जाडो मौसमलाई लक्षित गरी धेरै नयाँ प्रडक्ट ल्याएका छौं । पुरानै प्रडक्टमा पनि नयाँ मोडेलहरू आएका छन् । पुरानो प्रडक्टमा नयाँ लुक्स तथा फिचर्सहरू थपिएर आएका छन् ।

बजारमा सीजीका जस्तै अन्य धेरै प्रडक्ट छन्, ती सामानका बीच आफ्नो सामानको उपस्थिति कस्तो देख्नु भएको छ ?

हामीले हामीलाई अर्थात सीजीको प्रडक्टलाई मार्केट लिडरको रुपमा लिने गरेका छौं । नेपालको नम्बर वान प्रडक्ट हो यो भनेर हामीले दावी गरिरहेका छौं र हामी त्यो डिर्जब गर्छौ पनि । यो नेपालको नम्बर वान ब्राण्ड हो । हाम्रा प्रडक्ट टोटल्ली नेपाली प्रडक्ट हुन् । त्यसैले यो प्रडक्ट अरु ब्राण्डका प्रडक्टभन्दा फरक र गुणस्तचरीय छन् ।

इलेक्ट्रोनिक सामान भनेको आजको भोलिनै बिग्रन पनि सक्छ । यसमा कुनै ग्यारेन्टी वा वारेन्टी भनेको हुँदैन । हाम्रो सामानको ग्यारेन्टी वा वारेन्टीका साथै सामान बिग्रिएमा देशभरि नै सर्भिस सेन्टरहरू छरिएर रहेका छन् । यसले हाम्रा ग्राहकहरूलाई कुनै दुःखी नहोस् भनेर यसरी सर्भिस सेन्टर खोलेका हौं । सामान कहाँ मर्मत गर्ने भनेर भौतारिएर खोज्नु पनि पर्दैन । हामीले हाम्रा ग्राहकलाई यो किसिमको सुविधा दिएका छौं ।

प्रमुख सहरका साथै भित्रि सहरहरूमा समेत हाम्रो सर्भिस सेन्टरहरू रहेका छन् । सामान बिग्रिएमा सहजै सर्भिस पाउन सक्नु हुन्छ भने वारेन्टी वा ग्यारेन्टी भएका सामान रिप्लेस तथा मर्मत गर्न सक्नु हुन्छ । अरु ब्राण्डमा भन्दा हाम्रो ब्राण्डमा आफ्टर सेल्स सर्भिस राम्रो छ । यसमा हामी ढुक्क छा्रै र यसैमा हामी गर्व पनि गर्छौ । यसले हामी र हाम्रा ग्राहकलाई ढुक्क बनाएको छ ।

बजारमा यस्ता धेरै ब्राण्ड छन् जसको नाम समेत सुनिएको हुँदैन । त्यस्तो सामान खरिद गर्दा सामान बिग्रियो भने सकलाई समाउन जाने, त्यसको केहि पनि टुंगो हुँदैन । त्यस्ता सामान कहाँ लगेर बनाउने, समस्या पर्छ । लोकल खुद्रा पसलमा लगेर बनाउँदा कस्तो सामान हालिदिन्छ त्यो हामीलाई केहि पनि थाहा हुँदैन । कुन सामानको रेट कति हुन्छ त्यो केहि पनि थाहा हुँदैन । हामीसँग आधिकारीक सर्भिस सेन्टर छ ।

जाडो मौसमका लागि नयाँ ल्याइएको कुनै एक विशेष प्रडक्टको वारेमा जानकारी दिनोस् न ?
जाडोमा रुम तातो बनाउनु पर्ने हुन्छ । बच्चा तथा बूढाबूढी आमाबुबाका लागि रुम हिटरहरू छन् । अर्को नुहाउनका लागि गिजरहरू छन् । जाडो मौसमका लागि म विशेष प्रडक्टका रुपमा रुम हिटर र गिजरलाई लिन्छु । यो मानिसलाई जाडोका लागि नभइ नहुने प्रडक्ट हो ।

चिसो पानीले नुहाउन सकिँदैन । मध्यम वर्गीय परिवारका लागि जाडोमा तातो पानीले नुहाउनका लागि गिजर नभइ हुँदैन भन्ने हो । सोलार सबैले अफोर्ट गर्न सक्दैनन् भने कतिको घरमा सोलार राख्ने ठाउँ पनि हुँदैन । गिजर पानी तताउन तथा नुहाउनका लागि हो भने रुम हिटर ताप्न तथा रुम तातो बनाउन जाडोका लागि नभइ नहुने विशेष प्रडक्ट हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स