एकैदिन तोलामा ७ सयले घट्यो सुनको मूल्य, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले घटेर १ लाख ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १३ सय ८० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स