काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर ९९ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १३ सय ६० रूपैयाँ कायम भएको छ ।