घट्यो दुवै सुनचाँदीको मूल्य, कति पुग्यो तोलामा ?

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर ९९ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले घटेर १३ सय ५० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स