सुनको मूल्य १ लाख हुन सय रूपैयाँ कम, कति छ आजको बजार भाउ ?

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर ९९ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १३ सय ८५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स