काठमाडौं । आइतबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार १ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर ९९ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १३ सय ७० रूपैयाँ कायम भएको छ ।