एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । आज शुक्रबार एकै दिन प्रतितोला सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । बिहीबार ९६ हजार ८ सय रुपैयाँमा किनबेच भएको प्रतितोला सुन आज शुक्रबार बढेर ९७ हजार ८ सय रुपैयाँ पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा घरेलु बजारमा यसको असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । चाँदी पनि आज शुक्रबार तोलामा २० रुपैयाँले बढेर १२सय ९५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स