आइएमई पे र मेरो किरानाबीच सम्झौता

काठमाडौँ । आइएमई पे र मेरो किरानाबीच छुट सम्बन्धि सम्झौता भएको छ । मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरुले मेरो किरानाको वेबसाईट अथवा एपबाट किराना सामानहरु खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५% छुट (एक पटकमा अधिक्तम ३०० रूपैयाँ सम्म) प्राप्त गर्न सक्ने छन् ।

यद्यपि, ग्राहकहरुले महाबचत सेल विकमा मात्र नभइ कुल ६०० रूपैयाँ सम्मको छुट पाउन सक्ने छन् । आ-आफ्नो क्षेत्रमा अग्रज रहेका आइएमई पे र मेरो किरानाको सो सम्झौता पश्चात नेपाली जनताहरुलाई डिजिटल प्रविधिमा प्रवेश गर्न अथवा जारी राख्न अझै सहज हुने दुवै कम्पनीले विश्वास लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स