काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर ९६ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १२ सय ७५ रूपैयाँ कायम भएको छ ।