सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कति छ आजको बजार भाउ ?

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर ९७ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १२ सय ८० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स