काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर ९८ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १२ सय ८० रूपैयाँ कायम भएको छ ।