काठमाडौं । मंसिर लागेसँग सुनको मूल्यमा गिरावट आएको छ । बिहीबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर ९८ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १२ सय ८५ रूपैयाँ कायम भएको छ ।