काठमाडौं । र्याडिसन होटल काठमाडौंले फ्रुट सोकींग कार्यक्रम आयोजना गरेको छ ।
। उक्त कार्यक्रम १३ नोवेम्बेर, २०२२ र्याडिसन होटलको चौथो तल्लामा रहेको टेरेस गार्डेनमा सेट अप गरिएको थियो । जसमा विभिन्न समुदायका महिला प्रोफेसनलाई आमन्त्रित गरिएको थियो ।
होटलका जेनेरल मेनेजर, सब्रुोतो बेनेजीले सबै आमन्त्रितहरुलाई स्वागत र धन्यबाद दिंदै कार्यक्रमको सुरुवात गरेका थिए । त्यसपछि होटलका एक्जिक्युटिभ सेफ सुनल कृष्ण कविराज
ठाकुरले फ्रुट सोकींग बारे संक्षिप्त व्याख्या गर्दे कार्ययक्रमलाई अघि बढाए । कार्यक्रमको बारेमा जानकारी दिदै होटलले बर्षौ देखि ड्राई फ्रुट, मसला, जडिबुटी र विभिन्न किसिमका पेय पदार्थ मिसाएर क्रिसमसको लागी केक तयार पारिने बताए ।
इतिहासमा क्रिसमसको लागी तयार पारिने केकको सामाग्री कम्तीमा एक महिना अगाडी मिश्रण गरेर राख्नु पर्ने चलन छ । सहभागीहरुले उत्त मिश्रण तयार पार्दै रमाइलो वातावरण सिर्जना गरका थिए । क्रिसमसको भावनाको साथ उत्सवलाई रमाइलो बनाउन सबैको सहभागिता रहेको थियो ।