कीर्तिपुर । चोभार सुख्खा बन्दरगाह उद्घाटन भएको करिब ७ महिना भन्दा बढि भइसकेको छ । कलकत्ता बन्दरगाहबाट काठमाडौंमा सिधै सामान ल्याउने उद्देश्यका साथ निर्माण गरिएको उक्त बन्दगाह सञ्चालनमा आएपनि यसको प्रभाव भने खासै देखिन सकेको छैन ।
यो अवधिमा उक्त बन्दरगाहबाट ४८ वटा कन्टेनरले सामान बोकेर काठमाडौं ल्याइपुर्याएका छन् भने चार वटा कन्टेनर यो बन्दरगाहबाट सामान बोकेर बाहिरिएका छन् । सो आयात निर्यातबाट सरकारले ३ करोड ५९ लाख रुपैयाँ राजस्व संकलन गरेका चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख तुलसी भट्टराईले जानकारी दिए । ‘अर्थ मन्त्रालयले उक्त कार्यालयलाई चालु आवमा १२ करोड रुपैयाँ राजस्व संकलन गर्न लक्ष्य दिएको छ,’ उनले भने ‘आवको अन्त्यसम्म सो राजस्व उठ्छ ।’
तर, सुख्खा बन्दगाह सञ्चालन गर्ने जिम्मा लिएको नेपाल इन्टरमोडल यातायात विकास समिति यो आयात निर्यातले आफ्नो खर्च धान्नै नसक्ने अवस्थामा पुगेको छ । सो बन्दरगाहामा इन्टरमोडलका ६ जना कर्मचारी रहेका छन् । त्यसको खर्च धान्न सक्ने अवस्थामा अहिले बन्दरगाह पुगेको छैन ।
२०७५ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका चोभार सुख्खा बन्दरगाहको उद्घाटन गत चैत्र २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन् । उद्घाटन भएको सात महिना भन्दा बढी भइसकेको छ ।
देशको अर्थतन्त्रको मुख्य आय स्रोत बन्ने विश्वासका साथ निर्माण गरिएको यो बन्दरगाहले अहिले आफनै खर्च धान्ने सकेको छैन । बन्दगाह व्यवस्थापनको जिम्मा नेपाल इन्टरमोडल यातायात विकास समितिले लिएको छ ।
‘कन्टेनरहरू आए पो कामहरू हुन्छ गतिविधि बढ्छन्, अनि पो आम्दानी हुन्छ । सिस्टम बस्न ठाल्छ । यहाँ दिन भरी सुनसान हुन्छ, कहिले कन्टेनरहरू आउँछन् ’भनेर कुर्नुपर्ने अवस्था छ यहाँ । अर्का एक कर्मचारीले कहिले काहि आउने गाडी चलानीका लागि काट्न कम्प्यूटर खोल्दा धेरै समयदेखि बन्द भइरहेका कम्पयुटर नखोलिने नचल्ने जस्ता समस्या पनि देखिने बताए ।
हुन त नेपालमा सुख्खा बन्दरगहा भन्सार बिलकुल नयाँ र नौलो अवधारणा हो । हाम्रो देशको सबै भन्सार नाकाहरू सीमा क्षेत्रमै छन् । सिमा भित्र रहेको पहिलो बन्दरगाह चोभार सुख्खा बन्दरगाह हो ।
करिब हजार रोपनी क्षेत्रफलमा फैलिएको चोभार सुख्खा बन्दरगाह मा २५ कर्मचारी, १६ सेक्यूरिटी गार्ड छन् भने ५० भन्दा बढिको संख्यामा बस्न मिल्ने गरी शस्सत्र प्रहरीको शिविर उच्च सुरक्षा व्यवस्था मिलाइउको छ । सामान भाडामा राख्नको लागि ३ गोदाम घर बनिसकेको र दुई बन्ने प्रक्रियामा रहेको छ । दुई कन्टेनर लिफ्टर मेसिन र दुई मान्छेले उठाउन नसक्ने सामान उठाउनको लागि प्रयोग हुने मेशिन जडान गरिएको छ ।
दुई अर्ब भन्दा बढी लगानीमा निर्माण भएको उक्त परियोजना निजगढ फाष्ट ट्रय्राकसँग जोड्नको लािग सुख्खा बन्दरगाहको योजना अघि सारिएको थियो । यो बन्दरगाह निजगढ सँग समान्तर विकासको योजनामा ल्याइएको थियो । १८ महिना भित्रै सकिने उदेश्यका साथ ल्याएको परियोजनामा कोभिडको कारणले गर्दा निर्माण सम्पन्न हुन करिब ३ वर्ष नै लाग्यो ।
खोकनावासीको विरोध लगायत विभिन्न प्राविधिक कारणकाले काठमाडौंमा फाष्ट ट्याक खोल्न नसके पछि चाभार सुख्खा बन्दरगाहलाई प्रत्यक्ष असर परेको सहजै देख्न सकिन्छ । त्यहाँ हाम्रोअर्थ डटकमको टिम रिपोर्टिमा जाँदा बन्दगाह एकदमै सुनसान देखियो । ट्रक र कन्टेनरले भरिनु पर्ने ठाउँमा कहि कतै कुनै ट्क र कन्टेनर नै भेटिएन । सुरक्षाका लागि खटिएका कर्मचारी भने यताउता गरिरहेका थिए ।
फाष्ट ट्रयाकबाट आएका ठूला कन्टेरलाई मुख्य ग्राहक मानेर बनाइएको चोभार सुख्खा बन्दरगाह अहिले कन्टेनर नआएर साच्चिकै सुख्खा भइरहेको छ । .यो व्यापारी वर्गको सजिलो र सहजताको लागि खोलिएको बन्दरगाह हो भन्दै चोभार भन्सार नाकाको अधित्तम प्रयोग गर्न उद्यमी व्यापरीलाई नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले गुनासो गरे ।