काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १ हजार ३ सय रूपैयाँले बढेको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ३ सय रूपैयाँले बढेर ९६ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १२ सय ९५ रूपैयाँ कायम भएको छ ।