काठमाडौं । बुधबार छापावाल सुनको मूल्य १४ सय रूपैयाँले बढेको छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा आज १४ सय रूपैयाँले बढेर ९५ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले बढेर १२ सय ९५ रूपैयाँ कायम भएको छ ।