कोका-कोलाको फिफा वर्ल्डकप क्याम्पेन ‘ड्रिन्क-बिलिभ-विन’ शुरु

काठमाडौं । फिफा वर्ल्डकपको माहोल नजिकिँदै गर्दा कोका-कोलाले आफ्ना फुट्बल प्रेमी नेपाली उपभोक्ताहरूलाई लक्षित गरेर वर्ल्डकप विशेष लेबल लन्च गरेको छ । ‘ड्रिन्क-बिलिभ-विन’ नाम रहेको यस क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले फिफा वर्ल्डकप अफिसियल फुटबल, टिशर्ट, ज्याकेट जस्ता मर्कन्डाइजहरू जित्न सक्ने मौका पाउनेछन् ।

यस क्याम्पेनमा सहभागि हुनको लागि उपभोक्ताहरूले कोक बोतलको नयाँँ फिफा वर्ल्डकप लेबलमा भएको क्यूआर कोड स्क्यान गरेर लेबल पछाडि भएको युनिक कोड पठाउनुपर्ने हुन्छ । त्यस्तै कोक(स्पेस)(लेबल पछाडिको नम्बर)(स्पेस)(आफ्नो नाम)टाइप गरेर ३४९४९ मा पनि एस्एमएस् पठाउन सकिनेछ अथवा www.coca-cola.com.np मा गएर आवश्यक जानकारी प्रदान गरेर पनि यस क्याम्पेनमा सहभागि हुन सकिनेछ ।

कात्र्तिक १५ बाट शुरु भएको यो क्याम्पेन मंसिर २८ सम्म लागु हुनेछ । यो अफर लागु नहुने बोतलहरू पनि बजारमा उपलब्ध रहेका छन् । यसको बारेमा विस्तृत शर्त तथा जानकारीहरू कम्पनीको वेबसाइट www.coca-cola.com.np मा गएर हेर्न सकिनेछ । पुरस्कार दावी गर्नको लागि आफुसँग भएको लेबल अनिवार्य रुपमा सुरक्षित राख्नुपर्ने हुन्छ । यो अफर २५० मिली, ५०० मिली, १ लिटर र २.२५ लिटरको कोका–कोला र कोका-कोला जिरो सुगरको खरिदमा प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स