सुनको मूल्यमा गिरावट, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर ९४ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स