बेकरी उद्योगबाट मासिक १ लाख आम्दानी गर्दै धनगढीका आशिषराज

काठमाडौं । लामो समयदेखी कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका अधिकांश मानिस रोजगारीको लागि नजिकैको छिमेकी देश भारत जाने गरेका छन् । बिना भिसा र सहजै रोजगारी पाउने भएकोले पनि यहाँका मानिस रोजगारीका लागि वर्षौदेखि भारतका विभिन्न ठूला सहर पस्ने गरेका हुन् ।

भारतको मुम्बई, दिल्ली, सुरत, पुना, पञ्जाब, हरियाणालगायत रोजगारीको लागि नेपालीको रोजाइँमा पर्ने सहर हुन । कलिलै उमेरका युवायुवतीदेखि ६०/६५ उमेर समूहका मानिससमेत भारतमा विभिन्न सहरका कम्पनीमा अफिसरदेखि चौकीदार तहसम्म कामदारका रुपमा काम गर्ने गरेका छन् । तर त्यसको ठीक विपरीत स्वदेशमै स्वरोजगार भई भारतीय नागरिकलाईसमेत रोजगारी दिइरहेका छन् धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीका २७ वर्षीय युवा आशिषराज शर्मा ।

उनले अहिले बैयाबेहडीस्थित दक्षिण बेल्टमा एक ‘हेप्पी होम बेकरी एण्ड क्याफे’ नामक पाउरोटी उद्योग खोली व्यापार गर्दै आएका छन् । जुन उद्योगमा उनले सात भारतीय नागरिकलाई रोजगारी दिए ।

ती कामदारलाई मासिक १६ देखि रु २८ हजारसम्म तलब दिए । सानै उमेरदेखि नै व्यापारमा रुचि राख्ने आशिषले आफूलाई एक सक्रिय युवाका रुपमा परिचित गराए । आशिषको परिवारमा बुबाआमा, दाइभाउजु, छोराछोरी भतिजा भतिजी गरी १२ जना छन् । उनले परिवारको लालनपालनमा पनि सहयोग गर्दै आउनु भएको छ ।

पुख्र्यौली घर अछामबाट एसएलसी पास गरी अध्ययनका लागि सानै उमेरमा राजधानी काठमाडाँै हानिनुभएका आशिषले घरको आर्थिक स्थिति कमजोरीका कारण प्लस टु गर्दागर्दै बीचमै अध्ययन छोडी २०७२ सालमा कैलालीको धनगढी आएका हुन् । उनले धनगढीस्थित एक टायर हाउस डिलरमा ५ हजार रुपैयाँ तलबमा काम सुरु गरी छ वर्ष काम गरेर फर्केका हुन् ।
टायर हाउसमा काम छोडेपछि अछामको बयलपाटास्थित अस्पतालमा चमेना गृह सञ्चालन गरी व्यवसाय सुरु गरे । सो चमेना गृहमा पनि सोचे अनुसारको कमाइ नभएपछि उक्त व्यवसाय छोडी धनगढीमा पाउरोटी उद्योग सुरु गरे ।

आशिषका भिनाजु बेकरी उत्पादनसम्बन्धी राम्रो सिप भएका व्यक्ति हुनुहुन्छ । भिनाजुको अभिप्रेरणाबाट प्रभावित भई सुरुमा धनगढीको मिलनचोकमा पाउरोटी उद्योग चलाए । त्यहाँ काम गर्ने ठाउँको अभाव र महँगो भाडादर भएपछि डेढवर्ष उक्त स्थानमा व्यवसाय चलाई अहिले धनगढीको बैयाबेहडीमा उक्त उद्योग सञ्चालन गर्दै आउनु भएको छ ।

पाउरोटी उद्योगबाट सबै खर्च कटाएर मासिक १ लाख जति बचत हुने गरेको उनले बताए । ‘दिनमा ५० हजार बराबरको कारोबार हुने गरेको र त्यसमध्ये ६÷७ हजारको हाराहारीमा बचत हुने गरको छ ।’ उक्त व्यवसायबाट आशिषले आफ्नो परिवारको लालनपालन साथै सम्पूर्ण खर्चसमेत व्यहोर्दै आएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स