एकैदिन तोलामा यति धेरैले बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य १५ सय रूपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज १५ सय रूपैयाँले बढेर ९४ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ७० रुपैयाँ कायम भएकोमा आज ४५ रूपैयाँले बढेर १२ सय १५ रूपैयाँ कायम भएको छ ।

अन्य सामान्य समयमा शनिबार सुनको मूल्य नतोक्ने सुनचाँदी व्यवसायीले हिजो धनतेरस परेका कारणले सुनको मूल्य तोकेका थिए । हिजो यस कारणले पनि सुन व्यापारीले सुनको मूल्य तोके किन कि हिजो सुनको मूल्य शुक्रबारको तुलनामा १५ सय रुपैयाँले बढेको थियो ।

धनतेरसको दिन सुनचाँदी बढी बिक्री हुने कारणले पनि व्यापारीले आधारातसम्म पसल खोलेर बसेका थिए । हिजो सुनको मूल्य तोकिएको कारण आज र हिजो अन्तर्राष्ट्रिय बजार बन्द हुने हुँदा हिजोकै सुनको मूल्यलाई व्यवसायीहरूले निरन्तरता दिएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स