तिहारमा बिजबजारको भव्य उत्सव, ७६ प्रतिशत सम्म छुट

काठमाडौं । बिजबजारले दीपावलीलाई लक्षित गर्दै बिज बजारभव्य उत्सव नामक योजना सञ्चालनमा ल्याएको छ। चाडपर्वमा सेवाग्राहीले अफरहरूलाई नै बढी प्राथमिकता दिने हुँदा ग्राहकको माग अनुसार यो योजना बजारमा ल्याएको बिजबजारले जनाएको छ।

यो अफरअन्तर्गत सबै वर्गका सेवाग्राहीले विभिन्न क्याटेगोरिजका सामान खरिद गर्दा ७६ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीले यस योजनाअन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ । साथै भाग्यशाली सेवाग्राही तथा विजेताले विभिन्न आकर्षक उपहार जित्ने मौका समेत प्राप्त गर्नेछन् ।

बिजबजारले तिहारका बत्तिहरुमा ६५ प्रतिशत अफर, दाजुभाईका लागि खरिद गर्ने गिफ्टका समानहरुमा ४० प्रतिशत, दिदीबहिनीहरुका लागि दिइने गिफ्टका समानहरुमा ४५ प्रतिशत, मिठाइका परिकारमा १० प्रतिशत, पुजाका सामाग्रीहरुमा १५ प्रतिशत, अन्य विविध सामाग्रीहरुमा ७६ प्रतिशत, फेसनका सामानहरुमा ५० प्रतिशत बढी,कपडाका सामानहरुमा ७५ प्रतिशत बढी र विभिन्न चाडबाडका सामाग्रीहरुमा पनि अफरको व्यवस्था मिलाएको जनाएको छ ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पेन प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।

बिजबजार प्रतिको सकारात्मक दृष्टिकोणले सञ्चालनको छोटो समयमै सेवाग्राही माझ लोकप्रिय हुन सफल भएको छ । नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित ई(कमर्स प्लेटफर्म संचालन गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स