अबको ३ महिनामा समग्र अर्थतन्त्रमा सुधार आउँछः शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गाल्छाले अबको ३ महिनामा नेपालको अर्थतन्त्रमा सुधार आउने बताएका छन् । अहिले समग्र अर्थतन्त्र समस्यामा परेपनि वैदेशिक रोजगारीमा जाने बढेका कारण अहिले देखिएको तरलता समस्या समाधान हुने बताएका हुन् । रेमिट्यान्स बढ्ने वित्तिकै निक्षेप बढ्ने र यसले हाल देखिएको तरलता समस्या हल गर्छ,’ उनले भने ‘अहिले देखिएको समग्र समस्यामा नै सुधार आउँछ ।’ अहिले अन्य सबै क्षेत्र समस्यामा पर्दा पनि बैकिंङ क्षेत्रले मात्रै आफ्नो नाफा सुरक्षित गर्न सकेको उनले गुनासो पनि गरे ।

महासंघले आउँदो तिहार तथा छठ पर्वको शुभकामना दिन आयोजना गरेको आर्थिक पत्रकारसँगको भेटघाट कार्यक्रममा अहिले बैकिङ क्षेत्रले राम्रो भएको यसको अलवा बीमा क्षेत्रदेखि अन्य सबै क्षेत्र समस्यामा परेको बताए ।

‘बैंकको ब्याज बढेर १८ प्रतिशत पुगिसक्यो,’ उनले भने ‘बैंकहरूले आधार दर( बेस रेटमा) ८ प्रतिशतसम्म प्रिमियम जोड्दा कर्जाको ब्याज तिर्न नसक्ने अवस्थामा उद्यमी व्यवसायी तथा व्यापारी पुगेको उनले बताएका हुन् । केहि बैंक बाहेक अघिल्लो आर्थिक वर्षसम्म डेढ÷दुई प्रतिशतसम्म प्रिमियम जोडेर लिने कर्जा प्रवाह गर्ने गरेका बैंकहरूले अहिले सो दरमा प्रिमियम जोडेपछि समस्या आएको बताए ।

यस विषयलाई लिएर महासंघ टोलीले आजै गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर यस विषयमा सुझाव दिने पनि उनले जानकारी गराए । शोधानान्तर घाटा बढ्नु, विदेशी संचिति घट्नु, ब्याजदर अधिकतम बढेर १८ प्रतिशतसम्म पुग्नु अहिलेको मुख्य समस्या भएको उनले कार्यक्रममा बताए ।

अटोमोबाइल क्षेत्रदेखि अन्य सबै क्षेत्रमा समस्या देखिएपनि अबको ३÷४ महिनामा अर्थतन्त्रमा सुधार आउने उनले बताए । ‘महासंघले विभिन्न क्षेत्रको छुट्टा छुटै अध्ययन गरेको छ,’ उनले थपे ‘अहिले नाजुक अवस्था भएपछि सुधारका सम्भावना देखिएको छ ।’

अध्यक्ष गोल्छाले पछिल्लो समय गाडी मोटर मात्रै नभई, सिमेन्ट, छड, लत्ता कपडा, फुटवेयर, खुद्रा व्यापार, औद्योगिक उपकरण सबै सामानको माग घटिरहेकाले यस्तो अवस्थामा उद्योगी व्यवसायीलाई कठिन भइरहेको गुनासो गरे ।

बीमासहित देशका सबै क्षेत्रमा उच्च गिरावट आएको भन्दै गम्भिर चिन्ता व्यक्त गरेको छ ।नेपाल उद्योग बाणिज्य महासंघले आज शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा संघका अध्यक्ष शेखर गोल्छाले देशको आर्थिक अवस्था कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

महासंघका अध्यक्ष गोल्छाले भने, आर्थिक संकटको असरले बीमा क्षेत्रसमेत प्रभावित भएको छ । निर्जीवन बीमा मात्रै नभएर जीवन बीमा क्षेत्रको प्रिमियम पनि नराम्ररी घटेको छ । निर्जिवन बीमा क्षेत्रमा प्यानडामिक पछि व्यापार विस्तारमा कमी आएको कारण असर देखिनु स्वभाविक नै रहेपनि जीवन बीमाको व्यापारमा समेत गिरावट आउनु ठूलो चिन्ताको विषयमा रहेको बताए ।

उनले कोरोनाको प्रभाव, बाह्य क्षेत्रको असन्तुलन र तरलता लगायतका समस्याका कारण व्यवसायहरूमा समस्या देखिएको कार्यक्रममा बताए । पछिल्लो समय वैददेशिक रोजगारीमा जाने ह्वात्तै बढेका छन्, यसले रेमिट्यान्स आप्रवाह बढाउने भन्दै उनले अबको ३÷४ महिनामै तरलता समस्या न्यूनीकरण हुँदै जाने हुँदा अर्थतन्त्र सुधार आउँछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स