सोल्टी होटेलको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सोल्टी होटेलले लाभांश घोषणा गरेको छ । सोमबारबसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७८र७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले ५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि समेत २१.३१५७ प्रतिशत नगद लाभांश गरि कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसैगरी सञ्चालक समितिले कम्पनीको ४८ औं वार्षिक साधारणसभा आउँदो पुस २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस ७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार ७३० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स