सरकारले असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने, कुन सामानमा कति छुट पाउने ?

काठमाडौं । सरकारले दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै यहि आउँदो असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा गर्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बुधबार बसेको बैठकले अजोज १ देखि कात्तिक २४ गतेसमम देशका ३९ स्थानमा सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।

सहुलित पसलमा चामलमा प्रतिकेजी पाँच रुपैयाँ, सिमी र फापरमा प्रतिकेजी १० रुपैयाँ, नुनमा प्रतिकेजी दुई रुपैयाँ, चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट हुनेछ । यस्तै, खसीबोका प्रतिकेजी १० रुपैयाँ छुटमा बिक्री हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, दुग्ध विकास संस्थानबाट पनिर र घिउलगायत दुग्धजन्य पदार्थमा सम्बन्धित संस्थानले तोकेबमोजिम छुट हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स