दसैंको लागि कोका-कोला नेपाल र सन्तोष शाहको विशेष रेसिपी

काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गरेर कोका-कोला नेपालले मास्टर सेफ विजेता सन्तोष शाहसँग मिलेर दसैं विशेष ५ वटा रेसिपीहरु तयार गरेको छ । दसैंमा विशेष खाइने परिकारहरु सेल रोटी, खसीको पक्कु, आलु/कटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका यो रेसिपीमा समावेश गरिएको छ । सबै जनाले सजिलैसँग बनाउन सक्ने भएकोले यी रेसिपीहरु दसैंको लागि अत्यन्तै उपयुक्त छन् ।

कोका–कोला बोतलको लेबलमा भएको क्यूआर कोड स्क्यान गरेर यी रेसिपी भिडियोहरु हेर्न सकिनेछ भने कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा पनि यी रेसिपी भिडियोहरु उपलब्ध हुनेछन् । यसको साथै उपभोक्ताहरुले आफुले बनाएको परिकारको भिडियो कोका–कोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो सामाजिक सञ्जालमा राख्न सक्नेछन् ।

यसरी भिडियो राख्ने मध्य ३ जना भाग्यशाली विजेताहरुले सेफ सन्तोष शाहसँग भेट्ने मौका पनि पाउन सक्नेछन् । उक्त सहकार्यको बारेमा बोल्दै सेफ सन्तोष शाहले भने, ‘दसैंंको कुरा गर्नासाथ हाम्रा परम्परागत स्वादिला खानाहरुको पनि कुरा आइहाल्छ । यो वर्ष मैले कोका–कोलासँग मिलेर दसैंंमा खाइने ५ विशेष परिकारहरुको रेसिपी यहाँँहरुलाई दिँदैछु । यो रेसिपीमा मैले आफ्नै विशेष तरिका अथवा सामानहरु पनि थपेको छु । आशा छ, यहाँँहरुले पनि आफ्नो प्रियजनहरुसँग यो रेसिपी बनाउनुहुनेछ र सँगै बसेर रमाइलो गर्दै खानुहुनेछ । यसरी यी परिकारहरु बनाएको भिडियो चाँहि सामाजिक सञ्जालमा पनि राख्नुहोला ।’

यस्तै कोका–कोला नेपालका कन्ट्रि डाइरेक्टर आदर्श अवस्थीले भने, ‘नेपालीहरु आफ्नो चाडपर्व र आफ्नो मौलिक स्वादप्रति एकदमै गर्व गर्नुहुन्छ । त्यसैले वहाँँहरुको लागि मास्टर सेफ सन्तोष शाहसँग मिलेर दसैंँ विशेष परिकारहरुको रेसिपी प्रदान गर्न पाउँदा हामी पनि उत्तिकै उत्साहित छौँ । हामीलाई आशा छ वहाँँहरुले पनि यी रेसिपीहरु बनाउनु हुनेछ र चिसो कोका –कोलासँग स्वाद लिनुहुनेछ ।’

कोका–कोलाले यो वर्षको आफ्नो दसैं क्याम्पेनको एउटा भागको रुपमा मास्टर सेफ सन्तोष शाहसँग सहकार्य गरेको हो । ‘सम्बन्ध उत्सव स्वादसँग’ थिम राखिएको यो क्याम्पेनले दसैंको मुख्य आकर्षण सम्बन्ध र खानाको स्वादलाई प्रतिविम्वित गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स