काठमाडौं । बुधबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर ९१ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर ११ सय ४५ रूपैयाँ कायम भएको छ ।