वीरगञ्ज भन्सार नाकाबाट मात्रै भित्रियो २ महिनामा १ खर्बको मालवस्तु, निर्यात गर्नेमा पहिलो विराटनगर

काठमाडौं । वीरगञ्ज भन्सार नाकाबाट मात्रै २ महिनामा १ खर्ब रुपैयाँको मालवस्तु नेपाल भित्रिएको छ । वीरगञ्ज नाकाबाट २ महिनामा नेपाल भित्रिएको मालवस्तु कुल आयातको ३६.५२ प्रतिशत हो । चालु आवको साउन र भदौमा गरी कुल २ खर्ब ७३ अर्ब रुपैयाँको मालवस्तु नेपाल भित्रिएको छ ।

सो नाकाबाट साउन महिनामा ४७ अर्ब ७९ करोड रुपैयाँको मालवस्तु नेपाल भित्रिएको थियो । भदौमा आइपुग्दा वीरगञ्ज नाकाबाट नेपाल भित्रने मालवस्तु अझ बढेको छ । वस्तु आयातमा वीरगञ्ज नाका बढी मालवस्तु भित्र्याउने नाका बनेपनि बढी निर्यात गर्ने नाकामा भने विराटनगर नाका परेको छ ।

उक्त नाकाबाट साउन र भदौ महिनामा गरी ८ अर्ब ८७ करोड रुपैयाँको मालवस्तु भित्रिएको छ । यो कुल निर्यात ३०.९५ प्रतिशत हो । चालु आवको यो अवधिमा २८ अर्ब ६८ करोड रुपैयाँको कुल निर्यात भएको छ ।

चालु आवको दोस्रो त्रैमाससम्म बढी निर्यात गर्ने भन्सार नाकाको दोस्रो स्थानमा भैरहवा भन्सार नाका परेको छ । उक्त नाकाबाट चालु आवको यो अवधिमा ४० अर्ब ५४ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो नाकाबाट भएको आयात कुल आयातको १४.८२ प्रतिशत हो । उक्त बन्दरगाहबाट चालु आवको साउन र भदौ महिनामा १ अर्ब ४ करोड रपैयाँको वस्तु निर्यात भएको छ ।

बढी वस्तु निर्यात गर्ने दोस्रो नाकामा वीरगञ्ज परेको छ । उक्त भन्सार नाकाबाट चालु आवको यो अवधिमा सबैभन्दा बढी नेपाली वस्तु निर्यात भएको छ । साउन र भदौ २ महिनामा उक्त नाकाबाट ७ अर्ब ४७ करोड ४५ लाख रुपैयाँको माल वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । बढी निर्यात गर्ने दोस्रो नाकामा वीरगञ्ज हो भने विराटनगर पहिलो नाका हो ।

आयात बढी गर्ने तेस्रो नाकामा विराटनगर परेको छ । विराटनगर नाकाले सो अवधिमा ३३ अर्ब ९२ करोड रुपैयाँ बराबरको मालवस्तु आयात गरेको छ । सो नाकाबाट भएको आयात कुल आयातको १२.४० प्रतिशत हो ।

त्यसरी नै गत आवमात्रै उद्घाटन भएको चोभार सुख्खा बन्दरगाहबाट ६ करोड ७८ लाख ६४ हजार रुपैयाँको मालवस्तु आयात भएको छ भने ३३ लाख रुपैयाँ मूल्य बराबरको मालवस्तु निर्यात भएको छ ।

CustomsImports_ValueImport_ShareExports_ValueExport_ShareTotal273599652100.0028680437100.00

BHADRAPUR 22631 0.01 0 0.00
BHAIRAHAWA 40544317 14.82 1047695 3.65
BIRATNAGAR 33925751 12.40 8876432 30.95
BIRGUNJ 99918061 36.52 7474597 26.06
CHOBHAR 67864 0.02 3308 0.01
DRYPORT 35911150 13.13 716110 2.50
GAUR 153553 0.06 0 0.00
GAUTAM BUDDHA AIRPORT 2681 0.00 2834 0.01
JALESHWOR 1421207 0.52 154028 0.54
JANAKPUR 96720 0.04 0 0.00
KAILALI 3793547 1.39 228114 0.80
KANCHANPUR 241028 0.09 3653 0.01
KRISHNANAGAR 4279988 1.56 147877 0.52
MAHESHPAUR 58550 0.02 0 0.00
MECHI 8641139 3.16 3014330 10.51
NEPALGUNJ 11026068 4.03 268553 0.94
RAJBIRAJ 5408 0.00 0 0.00
RASUWA 3110951 1.14 0 0.00
SARLAHI 360484 0.13 6638 0.02
SATI 29889 0.01 0 0.00
SIRAHA 16549 0.01 0 0.00
SUNSARI 1347112 0.49 0 0.00
SUTHAULI 448605 0.16 28880 0.10
TATOPANI 1463866 0.54 0 0.00
THADHI 15538 0.01 0 0.00
TI_AIRPORT 26696996 9.76 6707387 23.39

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स