घटस्थापनाको दिन यस्तो छ सुनचाँदीको मूल्य, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । घटस्थापनाको दिन (सोमबार) छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला ११ सय ७० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर ११ सय ६० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स