सिजी इलेक्ट्रोनिक्सले एलजी टिभीको नेपालमा एसेम्बली प्लान्ट सुरु गर्यो

काठमाडौं । सीजी इलेक्ट्रोनिक्स (चौधरी ग्रुप)ले एलजी टिभीको नेपालमा एसेम्बली प्लान्ट सुरु गरेको छ । सिजीको निमन्त्रणामा एलजी ईलेक्ट्रोनिक्स, सिंगापुरका प्रबन्ध निर्देशक सुन्घो चुनले नेपाल भ्रमणका साथसाथै चौधरी ग्रुपसँगको सहकार्यमा काठमाडौंको सतुंगलमा एलजीको टिभी एसेम्बली प्लान्टको उद्घाटन गरेका हुन् । उनको यस भ्रमणले एलजी ईलेक्ट्रोनिक्स इंक, दक्षिण कोरिया र चौधरी ग्रुपबीचको दीर्घकालीन सहकार्यलाई संकेत गरेको छ ।

नेपालमा एसेम्बल गरिएका उत्पादनहरूको गुणस्तर एलजीको मापदण्डअनुसार कायम राख्नका लागि एलजी ईलेक्ट्रोनिक्स इंकका प्राविधिक विशेषज्ञहरूको टोलीले नेपाली ईन्जिनियरिङ टोलीलाई निरन्तर पर्यवेक्षण र सहयोग गर्दै आईरहेको छ ।

आफ्नो भ्रमणबाट उत्साहित हुँदै चुनले भने, ‘विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि प्रसिद्ध एलजीका उत्पादनहरू नेपालमा पनि व्यापक रूपमा रुचाइएको छ । चौधरी ग्रुपसँगको हाम्रो विगत ३५ वर्ष (सन् १९८८) देखि को सहकार्य र लामो अनुभवले हामीलाई अझै आक्रमक रुपले सेवा विस्तार गर्न प्रोत्साहित गरेको छ । प्राकृतिक सौन्दर्यको धनी देश नेपालका घरपरिवारहरूका लागि एलजीको नयाँ एसेम्बली प्लान्टले एलजीका उत्पादनलाई थप किफायती बनाउने अपेक्षा गरिएको छ । साथै, आगामी दिनमा नयाँ अवसरहरु श्रृजना गर्दै नेपाली ग्राहकवर्गका लागि अझ गुणस्तरिय तथा सर्वसुलभ उत्पादनहरू बजारमा उपलब्ध गराउने लक्ष्य पनि लिईएको छ ।’

निकट भविष्यमा, एलजीका होम एप्लाएन्स र ईन्टरटेनमेन्ट एप्लाएन्स नेपालमै एसेम्बल र उत्पादन हुने भएका छन् जसले नेपाली ग्राहकहरूका लागि कम लागतमा बढी उपयोगिताको प्रत्याभूति गराउनेछ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले चुन र एलजी ईलेक्ट्रोनिक्स इंकप्रति कृतज्ञता व्यक्त गर्दै बताए, ‘नेपालमा एलजीजस्तो विश्वस्तरीय ब्रान्डसँग आवद्ध हुन पाउँदा हामी गौरवान्वित छौं । एलजी ईलेक्ट्रोनिक्स इंक र चौधरी ग्रुपको दीर्घकालीन सहकार्यको घोषणाले नेपालमा थप प्रत्यक्ष विदेशी लगानीको आगमन गराउन निश्चित रूपमा मद्दत गर्नेछ । यस नयाँ आयामको फलस्वरुप नेपालमा रोजगारीका अवसरहरू श्रृजना हुने र नेपाली ग्राहकहरूले गुणस्तरीय सेवाको आनन्द लिँदै प्रिमियम घरेलु उपकरणहरू अझ सुपथ मुल्यमा खरिद गरी लाभान्वित हुने मौका पाउनेछन् ।’

चुनले मिनभवन, काठमाडौंमा रहेको एलजी शपको पनि भ्रमण गरे र ग्राहकलाई राम्रो अनुभव र पहुँच प्रदान गर्न निकट भविष्यमा यस्ता शोरुमहरू नेपालभर विस्तार गर्ने सुनिश्चितता व्यक्त गरे । हालसम्म, नेपालमा एलजीका ८ वटा यस्ता शोरुमहरु छन् ।

चुनले नेपालमा टिभी प्यानल निर्माण इकाई स्थापना गर्ने सम्भाव्यता अवलोकन गर्न नवलपरासीको देवचुलीस्थित सीजी ईन्डस्ट्रियल पार्कको भ्रमण पनि गरेका छन् ।

उनले नवलपरासीको देवचुलीमा रहेको श्री शान्ति सिर्जना आधारभूत विद्यालयमा एलजी ईलेक्ट्रोनिक्स इंकसँगको सहकार्यमा चौधरी फाउन्डेसनले स्थापना गरेको डिजिटल क्लासरुम (डिजिटल स्कूल) को भ्रमण पनि गरे । कर्पोरेट सामाजिक उत्तरदायित्वलाई मनन गर्दै निर्माण गरिएको डिजिटल क्लासरुमले विद्यार्थीहरूलाई डिजिटल शिक्षा सहायता मार्फत समग्र शैक्षिक ज्ञान प्राप्त गर्न टेवा पु¥याइरहेको छ । यस संस्थाले हालसम्म ४ प्रदेश र ९ जिल्लामा २४ सामुदायिक विद्यालयलाई सुसज्जित गरिसकेको छ र देशभर विस्तार गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स