काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर ९१ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर ११ सय ८० रूपैयाँ कायम भएको छ ।