पैसा जम्मा गर्नुस्, सेन्चुरीले आईपीओ ल्याउँदैछः मोतिलाल दुगड

काठमाडौं । सेन्चुरी ग्रूपअन्तर्गतको दुगड स्पाइसिस् एण्ड फूड प्रडक्टले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनी स्थापना भएको २५ वर्ष नाघिसकेकाले कम्पनीले आईपीओ निष्काशन गर्ने तयारी गरेको हो ।

सेन्चुरी ग्रूपका अध्यक्ष मोतिलाल दुगडले सेन्चुरी गू्रपअन्तर्गतको कम्पनी दुगड स्पाइसिस् एण्ड फूडले आईपीओ निकाल्ने तयारी गरेको बताए । हाम्रोअर्थसँगको कुराकानीमा उनले भने ‘२५ वर्षदेखि स्वदेशमा मात्रै नभइ विदेशमा समेत ख्याती कमाएको कम्पनीले आईपीओ निकाल्न लागेको छ, पैसा जम्मा गर्नुस् ।’

स्वदेशी तथा विदेशी ग्राहकले अत्याधिक रुचाएको सेन्चुरीका उत्पादन लगानीकर्ताले पनि मन पराएर लगानी गर्नेमा आफू विश्वस्त रहेको उनले बताए । ‘जतिसक्दो छिटो कम्पनीले आईपीओ निष्काशन गर्छ, हामी त्यहि तयारीमा छौं’ उनले भने ।

सेन्चुरीका उत्पादनमा पनि मसला नेपालको दैनिक खाद्य उपभोग्य वस्तुहरूमा एक नम्बरमा आउँछ । ५०० भन्दा बढि प्रत्यक्ष कर्मचारीको निरन्तर मिहेनत, विश्वका विभिन्न १५ देशमा पुग्न सफल भएको सेन्चुरीले १ सयभन्दा बढी देशमा आफ्नो उत्पादन पुर्याउन सफल भएको छ । नेपालमा दैनिक उपभोग्य वस्तुहरूको लागि नेपालको चर्चित र प्रसिद्ध ब्राण्ड हो सेन्चुरी मसला ।

अहिले चाडपर्वको उत्सवले देशलाई छपक्कै छोपेको छ । चाडपर्वको बेलामा ग्राहकहरू पनि किनमेलमा सक्रिय हुने भएकाले विभिन्न व्यापार व्यवसाय गरेका उद्योग तथा घरनाहरू आफ्नो सामग्रीहरू ग्राहक समक्ष पुर्याउन अत्याधिक लागि परेका हुन्छन् । अलि धेरैे सामग्री किन्न उपभोक्ताहरू दशै आएपछि अफर सहित किन्नु पर्छ भन्ने आम मानसिकतामा बसेका हुन्छन् । विगत दुई वर्ष कोरोनाले छोपेर बजारमा निस्कन नपाएका उद्यमी व्यापारीहरूले अहिले खुला रुपमा प्रदशनी गर्न पाएका छन् ।

विभिन्न व्यापारिक समूहले देशको एकमात्र प्रर्दशनी स्थल भृकुटीमण्डपमा पालैपालो आफ्नो एस्क्सो गरिरहेका छन् । यसैबीच भाद्र ३१ गतेदेखि २ गतेसम्म सेन्चुरी मसलाले आफ्नो पालो पाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स