आजदेखि सहुलियत पसल संचालनमा, नुन र जिउँदो खसीको मासुमा प्रति के.जी. ५ र १० रुपैयाँ छुट, अन्य वस्तुमा कति ?

काठमाडौं । सरकारले दशैं तिहारमा उपभोक्तालाई राहत दिने हिसाबले आज (असोज १ गते) बाट सहुलियत पसल संचालनमा ल्याएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज १ गतेदेखि कार्तिक १५ गतेसम्म उपभोक्तालाई दशैं तिहार लक्षित सहुलियत पसल संचालनमा ल्याएको हो ।

कम्पनीले यस वर्ष ३ करोड ३२ लाख रुपैयाँ बराबर खाद्यन्न र मासु जन्य पदार्थमा छुटको व्यवस्था गरेको छ ।

कम्पनीले काठमाडौं उपत्यकामा बग्गीखाना, थापाथली, नक्खु र भक्तपुरमा गरी देशभरीका ४१ वटा जिल्लाका कुल ४४ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ ।

सहुलियत पसलमा दैनिक जीवनमा उपभोग्य दाल, चामाल, तेल, नुन, गेडागुडी लगायत विभिन्न दैनिक उपभोग्य खाध्य वस्तु राखिने छ ।

कम्पनीले चिउरामा प्रति के.जी. ७ प्रतिशत, तोरीको तेलमा प्रति के.जी. ७ प्रतिशत, गेडागुडीमा प्रति के.जी.१ रुपैयाँ, जिउँदो खसी, बोका, च्याङ्ग्राको मासुमा प्रति के.जी.१० रुपैयाँ छुट दिई बिक्री गरिने भएको छ ।

यसै गरी नुन प्रति के.जी. ५ रुपैयाँ, चिनी प्रति के.जी. ५ रुपैयाँ, पनिरमा २० रुपैयाँ, चिज प्रति के.जी. २० प्रतिशत र घ्यु प्रतिलिटर ५० प्रतिलिटर अनि दुधमा प्रतिलिटर १० प्रतिशतले छुट दिई बिक्री वितरण गरिने व्यवस्था मिलाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स