माघ १९ गतेदेखि विराटनगरमा ‘सीएनआई एक्स्पो २०२३’ हुने

काठमाडौं । प्रदेश नं. १ को आयोजनामा आगामी माघ १९ गतेदेखि विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी सीएनआई एक्स्पो २०२३’ हुने भएको छ ।

नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनीमा प्रदेश नं. १ सहित मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीहरुको प्रदर्शनी एवं बिक्री समेत हुनेछ ।

यसका साथै प्रदर्शनीमा नयाँ सञ्चार तथा इलेक्ट्रोनिक्स प्रविधिको पहिचानसँगै कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वास्थ्य मेडिकल क्षेत्रको नयाँ प्रविधि तथा सामग्रीको पहिचान र प्रदेशमा स्वदेशी वस्तुको उत्पादन साथै व्यवसायिकरण, पर्यटनको सम्भावनासँगै ती स्थानहरूको पहिचान एवम् गन्तव्यको सुनिश्चितताको खोजी हुने छ ।

कृषि उत्पादन, पर्यटन विकास र स्थानीय उत्पादनको बजार व्यवस्थापनका लागि समेत महत्वपूर्ण अवसरको रुपमा यो प्रदर्शनी रहने छ । यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नयाँ लगाानीकर्ताहरू समेत आकर्षित हुने परिसंघको विश्वास छ ।

स्वदेशीसहित भारत, चीन, बंगलादेश, पाकिस्तानलगायतका मुलुकहरुबाट समेत प्रदर्शनीमा सहभागिता गराउने योजना रहेको परिसंघले जनाएको छ । प्रदर्शनीमा विविध मनोरञ्जन, सांस्कृतिक कार्यक्रम तथा फनपार्क समेत समावेश गरिनेछ ।

प्रदर्शनी आगामी माघ १९ गतेदेखि माघ २८ गतेसम्म विराटनगर महानगरपालिका वाड नं २ स्थित शंकरपुरमार्गमा सञ्चालन गरिने छ । प्रदर्शनी स्थलमा आधुनिक ४ वटा डोम र ३५० स्टलहरू रहने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स