घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, कतिले घट्यो ?

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा र डिजल प्रतिलिटर ४४ पैसा मात्रै घटेर आएको छ ।

हवाइ इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँ ५० पैसाका दरले घटेको छ ।

नयाँ मूल्य अनुसार पेट्रोलको नाफा प्रतिलिटर ८ रुपैयाँमा सीमित भएको छ । त्यस्तै, डिजलबाट हुने नोक्सानी बढेर प्रतिलिटर ५ रुपैयाँ पुगेको छ । शुक्रबारको मूल्य अनुसार निगमको मासिक नोक्सानी करिब २० करोड पुग्नेछ । आईओसीले हरेक १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।

सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ । यसअघि ३ पटकसम्म मूल्य घटेर आए पनि निगमले नेपालमा घटाएको थिएन । यो समेत गरेर भारतबाट चौथोपटक इन्धनको मूल्य घटेर आएको हो ।

हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स