काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले घटेर ९१ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर ११ सय ७० रूपैयाँ कायम भएको छ ।