कोका-कोलाको दसैं विशेष ‘सम्बन्ध उत्सव स्वादसँग’ क्याम्पेन

काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय पेय–पदार्थ कोका-कोलाले यो वर्षको दसैंको लागि ‘सम्बन्ध उत्सव स्वादसँग’ नामक क्याम्पेन शुरुवात गरेको छ । दसैं समस्त नेपालीहरुकै महान चाड हो र यो समयमा मुख्य रुपमा टाढा-टाढाका आफन्तजन भेटघाट गर्ने, मिठा-मिठा परिकारहरु बनाएर खाने परम्परा रहेको छ । यही परम्परालाई मध्यनजर गर्दै यो वर्षको दसैंको लागि ‘सम्बन्ध उत्सव स्वादसँग’ ल्याइएको कोका-कोलाले जनाएको हो ।

कोका–कोलाले धेरै वर्षदेखि आफ्नो मार्केटिङ र कन्ज्युमर क्याम्पेनको मुख्य हिस्साको रुपमा दसैंलाई राखेको छ । र हरेक वर्षको दसैंमा आफ्नो नेपाली उपभोक्ताहरुको लागि नयाँँ र रोमान्चक थिम सहित क्याम्पेन गर्दै आएको छ ।

आफ्नो नेपाली उपभोक्ताहरुको महान चाड दसैंलाई अझै विशेष बनाउन कोका–कोलाले चंगा उडाएको, टिका लगाएको, परिवारसँग बसेर खाएको, पिङ खेलेको र देउसी–भैलो खेलेको जस्ता ५ वटा विभिन्न चित्र अंकित लेबलहरु भएको बोतल दसैंको समयमा बजारमा ल्याउने गर्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स