काठमाडौं । सुपारी, केराउ र मरिच आयात गर्न पाइने भएको छ । सरकारले दशैंको मुखमा सुपारी, केराउ र मरिच आयातलाई निरन्तरता दिएका हो । कोरोना कालमा २४ चैत २०७६ मा सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर केराउ, सुपारी र मरिचको आयातमा प्रतिबन्ध लगाएको थियो ।
त्यसपछि २६ फागुन २०७८ मा २०७९ असार मसान्तसम्म औद्योगिक प्रयोजनको लागि यी वस्तुको आयात खुलाइए पनि असार ३१ पछि थप कुनै निर्णय भएन र २४ चैत २०७६ कै निर्णयले निरन्तरता पाएको थियो ।
सो कारण रोकिएको केराउ, मरिच र सुपारीको आयात २०८० असार मसान्तसम्मको लागि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर खुला गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले ट्रेडिङ फर्मलाई नै सुपारी, केराउ र मरिच आयात खुला गर्न खोजेका थिए । यसको चौतर्फी विरोध भएपछि औद्योगिक प्रयोजनका लागि मात्रै आयात गर्न दिने भन्दै उद्योग मन्त्रालयले कार्यविधि बनाएको थियो।
यद्यपि अहिले भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवले गणेश प्रसाद पाण्डेयले राजपत्रमा सूचना सार्वजनिक पाण्डेले भदौ २१ गतेको राजपत्रको मिति राखेर ६ दिन पछि मात्रै राजपत्र सूचना प्रकाशित गर्न लगाएका हुन् ।
यो कार्यविधिलाई चालु वर्षको सुरुवातमै निरन्तरता दिइनु पर्ने थियो। तर सचिव पाण्डेयले व्यवसायीलाई नभेटी कार्यविधिलाई निरन्तरता नदिने अडान राख्दै आएका कारण भदौ २१ मामात्रै आयात खुला गरिएको हो ।