१२ वटा निर्माण व्यवसायी परे कालो सूचीमा, डेढ वर्षसम्म सार्वजनिक खरिदमा सहभागी हुन नपाउने (सूची सहित)

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायीलाई कालो सूचीमा राखेको छ । अनुगमन कार्यालयले आज एक सूचना जारी गर्ने १२ वटा निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको जनाएको हो ।

निकायले निर्माण कार्य सम्पन्न गर्न पटकपटक तोकता गरेतापनि ती निर्माण व्यवसायीले समयमै काम पुरा नगरेका कारण कालो सूचीमा राखेको हो ।

कालोसूचीमा परेका कम्पनीले सार्वजनिक खरिदमा डेढ वर्षसम्म सहभागी हुन पाउने छैनन् ।

कार्यालयले सडक, सहरी विकासको भवन, दुग्ध संस्थानलगायतको काम समयमा नगरेका कारण १२ निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको हो ।

यस्ता छन् कालोसूचीमा पर्ने निर्माण व्यवसायीहरुः

१.देवेन्द्र तेल उद्योग
२.धर्यता निर्माण कम्पनी
३.किसान–रक्ताकाली पावर क्वालिटी जेभी
४.हर्कदेवी बिल्डर्स
५.प्यासेफिक कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी
६. पृथ्वी कन्स्ट्रक्सन
७.रन्नुभन्नु कन्स्ट्रक्सन एन्ड सप्लायर्स
८..रोज कन्स्ट्रक्सन
९.सानोभेरी निर्माण सेवा
१०.लामा बिल्डर्स कम्पनी
११.च्याङला कन्स्ट्रक्सन
१२.सुन्दरी निर्माण सेवा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स