काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर ९३ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला ११ सय ३५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर ११ सय ५० रूपैयाँ कायम भएको छ ।