काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर ९३ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला ११ सय १० रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर ११ सय ३५ रूपैयाँ कायम भएको छ ।