काठमाडौं । बजाज थ्री ह्वीलर्स, बजाज आरई बीएस६ र बजाज म्याकसीमा सी को एकमात्र वितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लिमिटेडले दशैं, तिहार र छट अभियान सुरु गरेको छ । यस अभियानको नाम ‘यस पालीको चाड, उपहार संगै स्वरोजगार’ राखिएको छ ।
बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि सुरु गरिएको यो अभियानमा बजाज म्याकसीमा सी वा बजाज आरई बीएस६ को खरिदमा ३२ इन्चको हिमस्टार एलईडी स्मार्ट टिभी वा सामसुङ याफ२२ स्मार्ट फोन पाउनु अफर ल्याएको छ ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लिमिटेडका निर्देशक, अभिमन्यु गोल्छाले भने, ‘चाडपर्वको अवसरमा हाम्रा ग्राहकहरू माझ यो अभियान प्रस्तुत गर्न पाउँदा हामीलाई निकै गर्व लागेको छ । उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू हाम्रा ग्राहकहरूलाई प्रदान गर्ने हाम्रो लक्ष्य हो। यो अफरले मानिसहरूलाई आफ्नै देशमा बजाज आरई बीएस६ वा बजाज म्याकसीमा सी खरिद गरि स्वरोजगार भई आत्मनिर्भर हुन प्रोत्साहन गर्नेछ ।’
यो ‘यसपालीको चाड, उपहार संगै स्वरोजगार’ अफर सिमित अवधिको लागि मात्र मान्य हुनेछ ।