काठमाडौं । नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई-कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने २० मा बीज नामक अभियान अन्तर्गतको भाद्र महिनाको अभियान भाद्र १९ गते राती १२ बजे देखि २० गते सम्म लाइभ गर्ने भएको छ भने अभियान का केहि योजनाहरू भाद्र २२ गते सम्म लाइभ हुने कम्पनीले बताएको छ ।
यही भाद्र २० गतेका दिन बिजबजारले अपराह्न ६ बजे देखि राति ८ बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन्।
सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस अभियान अन्तर्गतको यासकुसिभली महाबौद्व योजनामा ७५ प्रतिशत सम्म, बिजुलीको बजार योजनामा ७० प्रतिशत सम्म र घरको आवश्यक योजनामा ६५ प्रतिशत सम्म छुट सहित अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् भने यो कहाँ पर्यो अन्तर्गत खेलका विजेता सेवाग्राहीहरूले आफूले मगाएको सामानमा निःशुल्क डेलिभरी समेत प्राप्त गर्न सक्नेछन्।
२० मा बीज का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ।
साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो अभियान प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ।