काठमाडौं । सोमबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर ९३ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला ११ सय १० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर ११ सय १५ रूपैयाँ कायम भएको छ ।