संसारको तेस्रो धनाड्य भएका गौतम अडानीको सफलताको सुत्र के हो ?

दुई वर्ष पहिले गौतम अडानीको नाम संसारको धनी मानिसहरुको ६०औं नम्बरमा थियो । १८ मार्च २०२० मा हेर्दा उनको सम्पत्ति ४.९ बिलियन डलर मात्रै थियो । अहिले उनको सम्पत्ति १४० बिलियन डलर भन्दा बढि भएको छ । २५ महिनामा २५ गुणा सम्पति कसरी बद्धोतर भयो जिज्ञासा र कौतहलताको विषय हुनु स्वभाविककै हो । उनले सबैको लागि आश्चर्य सिर्जना गरेका छन् ।

गोजिमा चार सय बोकेर मुम्बई आएका थिए अडानी
सानै उमेर देखि उर्जाशील र महत्वकांक्षी थिए अडानी । सानो सोच राखेर बस्ने खालका थिएनन् । जीवनमा सँधै उर्जासिल बिजनेशबपात समाजलाई कसरी परिवर्तन गर्न सकिन्छ भनेर सोचिरहेका हुन्थे । उनलाई सधै जीन्दगीमा केही ठुलो गर्नुपर्छ भन्ने हुटहुटीले छपक्कै छोपेको थियो । १८ वर्षकै योवन उमेरमा आफ्नो परिवार जन्म स्थान सबै त्यागेर सपनाको सहर मुम्बईमा गोजिमा चार सय रुपैयाँ बोकेर हिँडेका थिए ।

मुम्बई पुगे पछि उनी हिराको कारोबारमा लागेका थिए । हिराको ब्रोकर भए पछि छोटो समयमा नै मिलिनियर बन्न सफल भएका थिए ।

मुकेश अम्बानीसँग तुलना तर हुनुपर्ने धिरुवाही अम्बानीसँग

धिरुवाही अम्बानीको धेरै वर्ष पहिले मृत्यु भएकाले मानिसले रिलायन्सको तर्फ बाट मुकेशलाई र अडानी गु्रपको तर्फबाट गौतम अडानीलाई हेर्ने गर्छन तर गौेतम अडानीको तुलना धिरुवाही अम्बानीसँग हुनुपर्ने हो किनभने धिरुवाही रिलायन्सको योजनाकार तथा प्रथम पुस्ताको व्यापारी हुन भने गौतम अडानी पनि अडानी गु्रपका संस्थापक तथा प्रथम पुस्तका संघर्षकर्ता हुन् । त्यस्तै मुकेश अम्बानी द्धितिय पुस्ताका हुन् । मुकेशले आफ्नो बाबुको व्यवसायलाई बढाएर अहिलेको मुकाममा पुगेका छन् भने गौतम अडानी आफैले सुरुवात गरेको व्यवसायलाई बढाएका छन् ।

जब १९७७ मा धिरुवाहीले रिलायन्सको सेयर निकाल्न सफल भएका थिए त्यतिबेला गौतम अडानी आफ्नै धन्दामा संघर्ष गरिरहेका थिए । हुन त उनको पारिवारीक लत्ताकपडाको व्यवसाय भएपनि उनलाई त्यस पुर्खेली व्यवसायमा कुनै चासो थिएन र उनले आफ्नै सोचको व्यवसाय बढाएका थिए । जसले गर्दा उनले आज धिरुवाहीले खडा गरेको विरासतलाई धेरै पछि पारेका छन् । यसरी हेर्दा गौतम अडानीले मुकेश धिरुवाहीले भन्दा पनि राम्रो सफलता हाँसिल गरेको भन्न सकिन्छ ।

के हो त सफलताको उदय

जब गौतम अडानी १८ वर्षकै सानो उमेरमा जिन्दगीमा केही गनुपर्छ भन्ने हुतहुतिका साथ मुम्बई लागे त्यतिबेला देखि नै उनी व्यवसायमा निकै अगाडी बढ्नेखालको लक्षण देखाएका थिए । मेहिनत,जीवनमा प्रस्टता , छिटो निर्णय लिन सक्ने खुबी उनमा देखिएको थियो ।
जब उनी मुम्बईमा बसेर हिराको व्यवसायलाई अगाडी बढाई रहेका थिए त्यतिनै खेर उनको दाईले प्लाष्टिकको कारखाना खोलेको हुनाले काममा सहयोग पुर्याउन भन्दै उनलाई बलाए । उनी आफ्नो दाइलाई सहयोग गर्न गाउँ फ्रकिए । उनले त्यहाँ २० हजार टन प्लाष्टिक अपुग भएको र त्यसलाई आयात गर्न निकै झन्झटिलो भएको थाहा पाए ।

यहि निर १९८१ मा उनले भाग्य सुधार्ने अवसर देखे । उनले अरु ठुला व्यवसायसँग मिलेर खरिद गर्ने, अडर पेस गर्न थाले जसले गर्दा उनले सरकारसँग अनुमति पत्र र अनुमतिपत्र सँगसगै पत्रसँग तिर्नु पर्ने कर बचाए । उनले यस तरिकालाई यति धेरै सुर्धादै गएकी पछि उनको आएको मुख्य स्रोत नै यसबाट हुन थाल्यो । पछि उनले अडानी इन्टरप्राइजेज भनेर चलाए र आज पनि उनको आएको मुख्य स्रोत आयत निर्यातबाटै भएको छ ।
अडानी इन्टरप्राइजेज , अडानी पोर्ट एण्ड लजिस्टिक,अडानी गी्रन उनका अन्य महत्वकांक्षी योजना र कम्पनी हुन् ।

सरकार सँग राम्रो सम्बन्ध
उनको मुख्य सम्पत्ति शारीरिक रुपमा नै देख्न सकिने खालका छन् । ठुला ठुला बन्दरगहा, एयरपोर्ट , कलकारखानाहरु छन् जसको ठुलो परिमाणमा कर्जा साथसाथै सहुलियत पनि सरकारबाट पाएको छ ।
यस्तो खालको व्यवसाय सानो टेक्नोलाजीको परिर्वतन सँगै हराएर जादैन । भनिन्छ जसरी धिरुवाही अम्बानीले इन्दिरा गान्धी सरकारलाई दाइने बनाएर निकै धन दौलत संगाल्न सकेका थिए त्यसरी नै गौतम अडानीले बिजीपी मोदी सरकारलाई रिजाएर काम गरेका छन् । उदाहरणका लागि बिजिप सरकारले ठेक्का अनुभव नभएकाले पनि ठेक्कामा आवेदन दिन मिल्ने नियम परिर्वतन गरे र सातवटा ठुला परिमाणका ठेक्का पाउँदा सात मध्य ६ वटा त अडानी गु्रपले एक्लै जितेको थियो ।

अडानीले बहु आयामिक क्षेत्रमा लगानी गरेका छन् । उनले सिमेन्ट,डाटा सेन्टर, मिडिया लगायत विभिन्न क्षेत्रमा लगानी विस्तार गरेका छन् । अडानी गु्रपले अहिले इन्डियाकै सबैभन्दा ठुलो निजी स्तरको एयरपोर्ट र बन्दरगहा संचालन गरेको छ । अडानीका अनुसार आउने नोभेम्बरमा ७० बिलियन डलरको हरित उर्जा उत्सर्जनको लागि लगानी गर्ने बताएका छन् , जसले सहरलाई सफा,सुन्दर र ताजगी फैलाउन मदत गर्दछ भने अर्को तर्फ अडानी गु्रपलाई संसारको सबैभन्दा नवीकरणीय उर्जामा लगानी गर्ने ठुलो कम्पनी बनाउँछ ।

बिल गेट्स र वारेन वफेटको तुलनामा उनले अलि कम परोपकारी काम गरेको हुनाले धेरै धन संगालेको र अगाडी बढि रहेको केही आलोचकको भनाई छ । जुलाई महिनामा मात्रै विल गेट्सले २० बिलियन डलर विल एण्ड मिलेन्डा फाउनडेसनमा दिएका थिए । त्यस्तै वारेन बफेटले ३५ बिलियन च्यारिटिमा दिएका थिए भने गौतम अडानीले ७.७ बिलियन डलर उनको ६०औं जन्म उत्सवमा दिएका थिए ।

अहिले रहेको विश्वकै १० सर्वाधिक धनी र तीनको सम्पतिको सूची यस प्रकार छ ।

१.इलन मस्क : २५१ बिलियन डलर
२.जेफ बेजोस : १५३ बिलियन डलर
३. गौतम अडानी : १३७ बिलियन डलर
४.बर्नार्ड अर्नाल्ट : १३६ बिलियन डलर
५.बिल गेट्स : ११७ बिलियन डलर
६. वारेन बफेट : १०० बिलियन डलर
७.ल्यारि पेज :१०० बिलियन डलर
८.सगे्रए ब्रिन : ९५.८ बिलियन डलर
९.स्टिभ बलमर : ९३.७ बिलियन डलर
१०.ल्यारि इलनसन : ९३.३ बिलियन डलर

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स