फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ को आठौं संस्करणको आन्तरिक तयारी पुरा

काठमाडौं । फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ को आठौं संस्करणको आन्तरिक तयारी पुरा भएको छ । बिहीबार नेपाल फर्निचर तथा फर्निसिङ संघले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै आन्तरिक तयारी पुरा भएको जानकारी दिएको हो ।

संघले भदौ २३ गतेदेखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डमा उक्त एक्स्पो आयोजना गर्ने तयारी गरेको हो । यस एक्स्पोको शीर्ष प्रायोजक प्रेस्टिज कार्पेट र मुख्य प्रायोजकमा हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाईटेड फोम एण्ड म्याट्रेस प्र.लि. रहेका छन् । साथै, डिजिटल पेमेन्ट पार्टनरमा डिजिपे र सहयोगीमा स्पेसेस म्यागजिन, नेपाल हस्तकला महासंघ, इन्टेरियर डिजाइनर एशोसियन नेपाल रहेको छ ।

संघले आन्तरिक तयारी पुरा गरी भौतिक तयारी सुरु गर्न लागेको बताएको छ । संघले एक्स्पोमा नेपाल सहित भारत तथा बंगलादेशका प्रदर्शकको उत्साहजनक सहभागिता हुने जानकारी दिएको छ ।

संघका अध्यक्ष शुभेन्द्र जोशीले फर्निचर तथा फर्निसिङसँग सम्बन्धित विश्व बजारका आधुनिक प्रविधिको जानकारी आदान प्रदान गर्न एक्स्पोले महत्वपुर्ण भुमिका खेल्ने बताए । ‘किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षण रहने छ,’ अध्यक्ष जोशीले भने ।

भदौ २३ गतेदेखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डमा आयोजना हुने एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी कक्ष रहनेछन् । संघका महासचिव अर्जुन घिमिरेका अनुसार ५ दिन चल्ने एक्स्पोमा १ लाख अवलोकनकर्ता आउने अपेक्षा छ । एक्स्पो अवलोकनकर्ताका लागि प्रवेश निस्शुल्क गरिएको उनले बताए ।

प्रेस्टिज कार्पेटका सञ्चालक अनिल महेश्वरीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ एक्स्पो आयोजना गरिएकाले स्वदेशी ब्राण्ड प्रेस्टिज कार्पेटले मेलामा शीर्ष प्रायोजन गरेको बताए ।

संघले सन् २०१२ देखि राजधानीको भृकुटीमण्डपमा वर्षेनी फर्निचर तथा फनिसिङ सामाग्रीहरुको बृहत् मेला ‘फर्नेक्स नेपाल’ को आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स