काठमाडौं । स्वस्तिक रोलिङ मिल्सद्वारा उत्पादित बजरंग स्टिलले नेपाल गुणस्तर चिन्ह १९१ प्राप्त गरेको छ। उत्पादन शुरु गरेको छोटो अवधिमा नै बजरंग स्टिलले नेपाल गुणस्तर चिन्ह प्राप्त गर्न सफल भएको हो ।
मोरङ औद्योगिक क्षेत्रअन्तर्गत दुहबी नगरपालिकामा रहेको स्वस्तिक रोलिङले बजरंग ब्राण्ड अन्तर्गत टि एम टि छड, एङ्गल, च्यानल र आइ बिम उत्पादन गर्दै आइरहेको छ ।
प्रतिष्ठित व्यापारिक घराना गोल्छा, राठी र प्रतिष्ठित ब्यापारीहरु जीवन रिजाल र इन्तकाब अहमद मियाको २ अर्ब ५० करोडको संयुक्त लगानीमा संचालनमा आएको स्वस्तिक रोलिङ मिल्सले निकट भबिस्यमा नै नेपालभर आफ्नो बिक्री वितरण गर्ने भएको छ । आफ्नै मेल्टिङ युनिट रहेको उक्त उद्योगमा दैनिक ५०० टन उत्पादन क्षमता रहेको छ ।
उद्योगले ७ देखि ४० एमएम सम्मका टीएमटीको उत्पादन गर्नेछ । बजरंग स्टिल नेपालकै सबैभन्दा नयाँ र अत्याधुनिक प्रविधिबाट उत्पादन भैरहेको कम्पनिको दावी छ । उद्योगले उत्पादन गरेको टीएमटीको ग्रिपिङ गुणस्तर अत्यन्त अत्याधुनिक रहेको कम्पनीले जनाएको छ ।
उत्पादित टीएमटीको प्रयोग ठुलाठुला जलविद्युत् आयोजना, सडक, बहुतले भवन, पुल र सबै खाले प्रोजेक्टमा प्रयोग गर्न सकिने बताइएको छ। कम्पनीले ७ एम एम देखी ३२ एम एम सम्मको टी एम टी उत्पादन गर्दछ ।
प्रतिष्ठित नेपाल गुणस्तर चिन्ह ८ देखि ३२ एम एम सम्मको टी एम टी छडले प्राप्त गरेको छ। नेपाली बजारमा गुणस्तरीय स्टिल उत्पादन गर्ने थप जिम्मेवारी पाएको र गुणस्तरको प्रतिवद्दता लाई सधै मनन गर्ने कम्पनीले जनाएको छ ।