काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले घटेर ९४ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ४५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर ११ सय ३० रूपैयाँ कायम भएको छ ।