निक इलेक्ट्रो टेक-२०२२ को स्टल बुकिङ खुला

काठमाण्डौ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको ऊर्जा, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स प्रदर्शनी एवं गोष्ठीको दसौं संस्करण ‘निक इलेक्ट्रो टेक–२०२२’ यही मंसिर २२ गतेदेखि २५ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी कक्षमा आयोजना गर्ने भएको छ।

महासंघले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय उर्जा तथा विद्युतीय व्यवसायी कम्पनीलाई सहभागी हुन आह्वान गर्दै प्रदर्शनीका लागि स्टल बुकिङ खुला गरेको हो। प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीद्वारा उत्पादित ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा उत्पादक यन्त्र, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबल तथा कन्डक्टर, एलिडी लाइटिङ फिक्चर्स ट्युब तथा चिम, घरेलु विद्युतीय उपकरण, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चारसम्बन्धी उपकरण, सूचना प्रविद्यि, विद्युतीय सवारीसाधन तथा वैकल्पिक ऊर्जा कम्पनी सहभागी हुन सक्नेछन्।

ऊर्जा तथा विद्युतीय व्यवसायको समग्र विकास, आन्तरिक उर्जा खपतको अभिवृद्घि एवं आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरणका लागि यो प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ। प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एन्ड मेनेजमेन्ट सर्भिसेजले गर्नेछ।

प्रदर्शनीका संयोजक तथा महासंघका अध्यक्ष सुदर्शनप्रसाद पौड्यालका अनुसार स्टल बुकिङ गर्न इच्छिुक कम्पनीले electrotech@feen.org.np वा keshab@globalexposition.com.np मा सम्पर्क गरी जानकारी लिन सक्नेछन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स